१४ किलो सुन बरामद भएको घटनामा सरसफाइ सुपरभाइजर पक्राउ
काठमाडाैं | मंसिर २८, २०८०
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले समाएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्।
भन्सार कार्यालयको टोलीले सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पुष्टि गरे।
मंसिर २१ गते राति ११ः४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घले पक्राउ परेका थिए। उनले ज्याकेट बनाएर १४ किलो सुन ल्याएका थिए।
सुन भित्रिँदैछ भन्ने सूचना पाएको भन्सार कार्यालयले उनी आउन बित्तिकै विमानबाटै पक्राउ गरेको थियो।
उनले सुन गोरखाका मीनबहादुर घलेको बताएका थिए। त्यही राति नै मीनबहादुर घलेलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
१४ किलो सुन बरामद भएपछि भन्सार कार्यालयले त्यसको छानबिन गर्न समिति पनि गठन गरिसकेको छ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...

